काठमाडौँ– ज्योति एभरेस्ट तेक्वान्दोको आयोजनामा अमेरिकाको इस्टर्न मिचिगन युनिभर्सिटीमा १३ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) हुने भएको छ ।
प्रतियोगिता सन् २०२०, मे १ र २ तारिखमा हुँदैछ । प्रतियेगिताका संयोजक लवप्रसाद गोर्खालीले १३ औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी मिचिगनलाई दिएकोमा आइओएफटिसीलाई धन्यवाद दिए । आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ । पोर्टल्यान्डबाहेक अमेरिकाको अर्को राज्यमा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप हुन लागेको हो ।
अमेरिकाको पोर्टल्यान्ड स्थिति आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङमा एक–एक संस्करण भइसकेको छ ।
तेक्वान्दो प्रशिक्षक तथा प्रतियोतिगाका संयोजक गोर्खालीले प्रतियोगितामा नेपाल, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, दक्षिण कोरिया, मेक्सिकोलगायत २५ राष्ट्रले भाग लिने पक्का भइसकेको जानकारी गराएका छन् । उनका अनुसार प्रतियोगितामा करिब सात सय भन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।
इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपमा सिनियर पुरुष र महिलाको समान आठ–आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरिएको छ ।
प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ ।
नेपालबाट पाँच खेलाडी इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपमा सहभागी हुनेछन् । गत कात्तिक १ र २ गते चितवनको रत्ननगरमा भएको तेस्रो खुल्ला मैत्री रत्ननगर तेक्वान्दो प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो । तेस्रो खुल्ला मैत्री रत्ननगर तेक्वान्दो प्रतियोगिता मिचिगनमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको छनोट प्रतियोगिताको रुपमा रहेको थियो । सो प्रतियोगिताबाट सितापाइला तेक्वान्दो डोजाङका शैलेशराज गिरी, कोटेश्वर तेक्वान्दो डोजाङका रञ्जित साउद, मैत्री तेक्वान्दो डोजाङका दिनेश सुनार, सितापाइला तेक्वान्दो डोजाङकी आयशा तामाङ र कोटेश्वर तेक्वान्दो डोजाङकी सुष्मिता मोक्तान इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपका लागि छनोट भएका हुन् । अमेरिकाको मिचिगनमा खेल्न योग्य भएका यी खेलाडीले आइओएफटिसीकै प्रायोजनमा जनही एक–एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरिसकेका छन् ।
आइओएफटिसी संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले नेपाली खेलाडीहरुलाई प्रतियोगितापूर्व एक महिना पोखरामा बन्द प्रशिक्षणमा राखिने जानकारी गराए ।
प्रतियोगिता आयोजनाका लागि १०५ सदस्यीय मूल आयोजक समितिका साथै विभिन्न उप समितिहरु पनि गठन भइसकेको जानकारी दिइयो । १३ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको कूल बजेट एक करोड २० लाख रुपियाँ रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस