काठमाडौँ – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि जुडो टोली जापान र मंगोलिया जाने भएको छ ।
जापान जाने टोली ४ खेलाडीसहित ७ सदस्यीय रहेको छ । खेलाडीमा सोनिया भट्ट, मनीता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल छन् । व्यवस्थापकमा विपिनप्रसाद श्रेष्ठ तथा प्रशिक्षकमा देवु थापा र पृथ्वी आलोक रहेका छन् । टोली सोमबार प्रस्थान गर्दैछ ।
सोह्र खेलाडीसहित १९ सदस्यीय अर्को जुडो टोली मंगलबार मंगोलिया जाँदै छ । खेलाडीमा उमेश मगर, सुनील नगरकोटी, मनीष महतो, पवनकुमार श्रेष्ठ, श्रीराम मकाजु, रमेशबहादुर चन्द, शिवबहादुर बराम, राजन जोशी, सुमित्रा राई, देविका खड्का, निर्मला घर्ती मगर, विनिता मगर, निशा चौधरी, पुनम श्रेष्ठ, आकृति जोशी र दीपा गुरुङ रहेका छन् । टिम व्यवस्थापकमा धर्मरत्न पछाईं तथा प्रशिक्षकमा वीरेन्द्र रन्जित र दलबहादुर गुरुङ छन् ।
जापान जाने टोली नोभेम्बर २७ तारिख तथा मंगोलिया जाने टोली नोभेम्बर २९ तारिखमा स्वदेश फर्किने कार्यक्रम छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस