काठमाडौँ – पुर्व बक्सिङ खेलाडी सिद्धार्थ विक्रम भण्डारी क्षेत्र सम्मानीत भएका छन् ।
नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ र महासचिव दिपक गुरुङले नेपाली खेलाडीहरुलाई निरन्तर सहयोग गर्दै आएका भण्डारीलाई सम्मान गरेका हु्न् । बेलायतमा बस्दै आएका भण्डारीले नेपाली खेलाडी विरामी पर्दा, समस्यामा पर्दा आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । उनले नेपालका युवा बक्सिङ खेलाडीलाई बेलायतमा ३ देखि ६ महिना प्रशिक्षणका लागि व्यवस्था मिलाउन पहल गरेको बताए ।
सो सम्मान कार्यक्रममा राजीव श्रेष्ठ र दिपक गुरुङले खेलाडीलाई गाह्रो सारो पर्दा सहयोग गर्ने हेतुले अक्षय कोष स्थापना गर्ने घोषणा समेत गरे । सो कोषमा श्रेष्ठ र गुरुङले १÷१ लाख रुपैयाँ राख्ने घोषणा समेत गरे । सम्मानीत भण्डारीले समेत सो कोषमा १ लाख राख्ने घोषणा गरेका थिए ।
सम्मान कार्यक्रमलाई राखेपका सदस्य अर्जुनबहादुर केसी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिल श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, ओलम्पियन उमेश मास्केलगायतले भण्डारीको कार्यको प्रशंसा गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस