हिमालय ह्वाइट हाउस काठमाडौँ, नोबेल एकेडेमी कञ्चनपुर र शारदा मावि धनगढी यहाँ जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
सङ्घीय प्रहरी कार्यालय धनगढीको खेलमैदानमा आज भएको प्रतिस्पर्धामा हिमालय ह्वाइट हाउसले सैनिक आवासीय महाविद्यालय कैलालीलाई १० विकेटले पराजित ग¥यो । सैनिक आवासीयले दिएको ७६ रनको विजय लक्ष्य ह्वाइट हाउसले पाँच दशमलव चार ओभरमा नै पूरा ग¥यो । ह्वाइट हाउसका लागि दीपक बोहोराले चार छक्का र पाँच चौका प्रहार गर्दै अविजित अर्धशतकीय पारी खेले । सुदीप बस्नेतले अविजित १५ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सैनिकले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७५ रनको योगफल बनाएको थियो । सो पारिमा विवेक विष्टले २५ रन, स्वप्निल केसीले १७ र अभिनाश चन्दले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
ह्वाइट हाउसका लागि आरियो पौडेलले पाँच विकेट लिए । समीर तिमिल्सेनाले तीन विकेट लिए । पाँच विकेट लिएका ह्वाइट हाउसका आरियो पौडेल ‘म्यान अफ दी म्याच’ भए । आजै भएको अर्को खेलको नतिजाले समूह ‘सी’ बाट क्वार्टरफाइनल पुग्ने दुई टोलीको टुङ्गो लगाएको छ ।
सत्यवती एकेडेमी लगातार दुई खेलमा पराजित भएपछि समूह ‘सी’ बाट नोबेल एकेडेमी र शारदा मावि अन्तिम आठमा पुगेका छन् । यसअघि सत्यवती शारदा माविसँग पराजित भएको थियोे । समूह ‘सी’मा नोबेल र शारदा समूह विजेता र उपविजेताका लागि खेल्नेछन् । आजको खेलमा सत्यवती नोबेल एकेडेमीसँग ९१ रनले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नोबेल एकेडेमीले २० ओभरमा नौ विकेट क्षतिमा १५९ रन बनायो । नोबेलका लागि गणेश बिटालुले तीन छक्का र छ चौकासहित ५२ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै अनिल थापाले २६ रन बनाए । सत्यवतीका लागि निरज भट्टले तीन र योगेश भाटले दुई विकेट लिए । १६० रनको विजय लक्ष्य पछ्याएको सत्यवती १८ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । सत्यवतीका लागि योगेश भाटले ३३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन छुन सकेनन् ।
नोबेलका लागि विकास सुनार र गणेश विटालुले समान तीन विकेट लिए । तीन विकेट लिँदै ५२ रन बनाएका नोबेलका गणेश विटालु म्यान अफ दी म्याच भए ।
यही कात्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत बिहीबार हिमालय ह्वाइट हाउस र एबीसी स्कूल नेपालगञ्ज तथा नोबेल एकेडेमी र शारदा माविबीच प्रतिस्पर्धा हुने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस