काठमाडौं – भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतको ‘सी’ टिमसँग फराकिलो अन्तरले पराजित भएको छ।
हैदरवादमा आइतबार भएको खेलमा नेपाल भारत ‘सी’ सँग १ सय ५५ रनले पराजित भएको हो।
भारतले दिएको २ सय ५९ रनको लक्ष्य पछयाएको नेपाल ३२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो।
नेपालका लागि खडक बहादुर बोहरा र कुशल मल्लले समान २६/२६ रन जोडे। यस्तै तृत राज दासले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
भारतका सुभाङ समर्थले ३ विकेट लिए। यस्तै रबी रोशन, रन्जन पाउल र विद्याधर पाटिलले २/२ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो।
भारतका लागि सौरभ कुमार डागरले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विक्रान्त सिंहले ५० रनको योगदान दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस