काठमाडौँ– बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ । समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमात्र बनायो ।
नेपालका लागि सोमपाल कामीबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । जसमा सोमपालले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ६३ बलमा ४ चौकासहित ३८ रन बनाएका हुन् ।
त्यस्तै ज्ञानेन्द्र मल्लले २२ रन जोड्दा करण केसीले १८ रन जोडे । कुशल भुर्तेलले १०, करण केसीले १८, आरिफ शेखले ११, पवन सरार्फले नौ, विनोद भण्डारीले आठ, उपकप्तान दीपेन्द्र सिंह एरीले ६ तथा शरद भेषवकरले १ रन जोडे ।
बलिङतर्फ बङ्गलादेशका सैयद मिन्हाजुल आबेदिन र सुमन खानले समान ३÷३ विकेट लिए भने तनवीर सिंह र मेहदी हसनले २÷२ विकेट लिए । अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई बङ्गलादेशविरुद्वको खेलमा जित्नै पर्ने दबाब छ । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टोलीसँग ७ विकेटले पराजित भएको थियो ।
यस्तै शनिबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको थियो । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस