काठमाडौं – नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ।प्रतियोगिता अन्तर्गत सोमबार समूह चरणको अन्तिम खेलमा भारतले हङकङलाई १ सय २० रनले पराजित गरेसँगै नेपाल बाहिरिएको हो ।
यदि हङकङले भारतलाई पराजित गरेको खण्डमा नेपाल नेट रन रेटको आधारमा अघिल्लो चरणमा पुग्न सक्ने समिकरण रहेको थियो। तर, भारतको जितसँगै नेपाल औपचारिक रुपमा बाहिरिएको छ।
ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा भारतले दिएको ३ सय २२ रनको फराकिलो लक्ष्य पछ्याएको हङकङ ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियो।
हङकङ साहिद वासिफले ६८ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै इशान खानले ३६ तथा इशान अलीले २५ रन बनाए। भारतका सुभम शर्माले ४ तथा शिभम माभी र सिदार्थ देशाईले २/२ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो। भारतका चिन्मे सुतारले १ सय ४ रनको शतकीय इनिङ्स खेले ।
यस्तै रभी सारथले ९० रन जोड्दा सुभम शर्माले अविजित ६५ रन बनाए।हङकङका किन्चिट शाहले ३ विकेट लिए।हङकङलाई हराएसँगै भारत भने समूह ‘बी’ बाट समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। भारतले ३ खेलमा ४ अंक जोड्यो।
यस समूहमा ३ खेलमा ६ अंक जोडेर बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ।नेपालसँगै हङकङ पनि प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा नेपालले एक जित निकाल्यो। ३ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा रह्यो।
समूह चरणको सबै खेल गुमाएको हङकङ भने अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको हो।सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशकाे यू-२३ टिमसँग पराजित भएको थियो।नेपालले यस अघि हङकङलाई ४० रनले हराएको थियो । भारतको यू-२३ टिमसँग भने ७ विकेटले पराजित भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस