काठमाडौँ– कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा हुने नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार २ः४५ बजे शुरु हुनेछ । उक्त खेल नेपालको पहिलो घरेलु खेल हो । नेपाल र कुवेतबीचको खेल यही मङ्सिर ३ गते दशरथ रङ्गशालमा हुने तय भएको थियो, तर नेपालको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण नभएपछि नेपाल र कुवेतले न्युट्रल भेन्युको रुपमा भुटानमा खेल्न लागेको हो
उक्त खेलका लागि छनोटमा परेका चार नेपाली खेलाडी समावेश छैनन् । भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीसहितका खेलाडी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बर्खास्त गरेको थियो ।
उनीहरुको अनुपस्थितमा पनि आफूसँग उपलब्ध रहेका खेलाडीबाट नै उत्कृष्ट नतिजा निकाल्ने राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक योहान कालिनको भनाइ छ । विश्वकप छनोट चरणमा नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलअन्तरले पराजित भएको थियो । सोही हारको बदला लिने दाउमा नेपाल रहेको छ ।
विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ । नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले हराएको थियो भने अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस