काठमाडाैं-१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला तथा पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।
महिलातर्फ नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा भारत र बंगलादेश छन्। समूह ‘बी’मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान छन्। ६ टोली सहभागी प्रतियोगिताका खेल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ। नेपालले नोभेम्बर २७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै भारतसँग नोभेम्बर २२ मा खेल्नेछ। सागमा भलिबल उद्घाटन अगावै सुरु हुनेछ।
केही समयअघि मात्र सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाल उच्च मनोबलका साथ सागमा सहभागी हुँदैछ। दुई वटै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा विष्ट, कमला पुन, सलिना श्रेष्ठ, उषा भण्डारी र हीरा केसी छन्।
यसैगरी पुरुषतर्फको खेलतालिका पनि बुधबार नै सार्वजनिक गरिएको छ। लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपाल कठिन समूहमा परेको छ। नेपालको समूहमा भारत र बंगलादेश छन्। यसैगरी समूह बीमा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्। पुरुष टोलीले पनि नोभेम्बर २७ मै बंगलादेशसँग पहिलो खेल खेल्नेछ। इम रानाको कप्तानीमा नेपालले १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस