काठमाडौँ– नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
साग आयोजकले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुष टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलङ्कालाई पाएको हो । नेपाल र श्रीलङ्काबीचको खेल यही मङ्सिर १७ गते हुनेछ ।
सागको पुरुषतर्फ विभिन्न पाँच टोली सहभागी छन् । यसमा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्स रहेका छन् । भारत र पाकिस्तान भने सहभागी छैनन् ।
त्यसैगरी नेपालले मङ्सिर १९ गते भूटानसँग दोस्रो खेल खेल्नेछ भने तेस्रो खेल २० गते माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेल मङ्सिर २१ गते बङ्गलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि प्रतिस्र्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो स्थानमा रहनेले कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
त्यसैगरी आज नै सार्वजनिक गरेको महिला टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको छ । विभिन्न चार राष्ट्र सहभागी उक्त प्रतियोगिताअन्र्गत नेपाल र माल्दिभ्सबीचको खेल मङ्सिर १६ गते हुनेछ । नेपालले दोस्रो खेल १८ गते बङ्गलादेशसँग खेल्नेछ भने मङ्सिर २० गते श्रीलङ्कासँग अन्तिम खेल खेल्नेछ ।
महिला क्रिकेटमा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस खेलमा भारत, पाकिस्तान र भुटानले सहभागिता जनाएका छैनन् । राउण्ड रोबिनको आधारमा हुने महिला क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकका लागि भिड्नेछन् । उक्त प्रतियोगिताको खेल पोखरा रङ्गशालामा हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस