काठमाडाैं -१३औं साग खेलकुद प्रतियोगिता हुन ६ दिन बाँकी रहेको छ। अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माणको युद्धस्तरमा चलिरहेको छ।
प्यारापिटका लागि आवश्यक फ्रान्सबाट आइतबार आएपछि बुधबारदेखि सुरु भएको जडान कार्य पूर्वतिरको भीआईपीसहितको ६ हजार सिट क्षमताको प्यारापिट तयार भएर सिट राख्ने काम पनि अन्तिम अवस्थामा पुगेको छ।
पश्चिमतर्फको प्यारापिटको काम आइतबारदेखि सुरु हुने निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर दीपक बरालले बताए। पश्चिमतर्फ तीन हजार बढी सिट क्षमताको प्यारापिट बन्ने पनि बरालले जानकारी दिए।
अबको ६ दिनभित्र सम्पूर्ण काम सकेर प्रतियोगिता संरचनाका लागि फुटबल मैदानसहित स्टेडियम तयार हुने उनले जानकारी दिए। पोखरा फुटबल मैदानमा मंसिर १७ देखि २४ गतेसम्म साग फुटबल प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिता हुँदै छ।
यसैगरी पोखरा रंगशालामा हुने महिला क्रिकेटका लागि मैदान तयार भइसके पनि अस्थायी प्यारापिट, शौचालयलगायतका पूर्वाधार तयार भएको छैन।
प्रतियोगिताका लागि पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा फिल्ड, पिच तयार भइसकेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। मैदानभित्रका सम्पूर्ण काम पूरा भए पनि मैदानबाहिरको प्राक्टिस विकेट, प्राक्टिस मैदान तयार हुँदै रहेको पनि अध्यक्ष सिग्देलले बताए। प्लेयर बक्स, स्टेज, अम्पायर बक्स, म्याच रेफ्री स्कोरर बक्स, डाइनिङ सेट, प्यारापिट, शौचालयलगायतका काम भने बाँकी रहेको छ।
खेलमैदान बाहिरको काम सुरु भएको एक हप्तामा सम्पूर्ण तयारी पूरा हुने उनले जानकारी दिए। महिला क्रिकेट प्रतियोगिता मंसिर १६ गते देखि २३ गतेसम्म हुँदै छ। महिला तथा पुरुष ह्यान्डबलका लागि भने खेलस्थल तयार भइसकेको छ।
साग खेलकुदअन्तर्गत पोखरामा महिला फुटबल, महिला क्रिकेट, ट्रायथोलन, आर्चरी, बिच भलिबल, ह्यान्डबल, ब्याटमिन्टन र भारत्तोलनलगायत आठ खेल हुनेछ। प्याराग्लाइडिङ प्रतियोगिता भने प्रतियोगितामा आवश्यक सहभागी देशको संख्या नपुग्दा नहुने भएको छ। पोखरामा हुने साग खेलकुदमा आठ खेल खेल्न सात देशका आठ सय २४ जना खेलाडी सहभागी हुँदैछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस