काठमाडौं – नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । आँखाको शल्यक्रिया गरेपछि सन्दीपले घरेलु मैदानमा हुन लागेको १३ औं साग नखेल्ने भएका हन् । युएईमा टि-१० खेले लगत्तै डाक्टरको सल्लाहमा शल्यक्रिया गरेका सन्दीप दुई साता आराममा रहनेछन् ।
सन्दीपका म्यानेजर रमन सिवाकोटीले सामान्य शल्यक्रिया भएको र दुई साता आराममा रहने बताए । उनको आज तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो । सन्दीप नखेल्ने भएपछि नेपाली साग खेल्ने टोलीमा यू-१९ टोलीका कप्तान रोहित कुमार पौडेललाई समावेश गरिएको छ । साग १५ गतेबाट सुरू हुँदैछ ।
प्रतियोगिता पाकिस्तान र भारतले सहभागिता नजनाउने भएपछि आयोजक नेपालसहित भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेशबीच मात्र प्रतिस्पर्धा हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस