काठमाडाैं-१३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्।
तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।
बंगलादेश, माल्दिभ्स र श्रीलंकाका भलिबल खेलाडी आइसकेका छन्। नेपालको हावापानीसँग घुलमिल हुन अन्य खेलका खेलाडी पनि आउन थालेका छन्। पाहुनाको सत्कारका लागि सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुक डेक्स राखिएको छ।
१३ औं सागको मुख्य स्थल दशरथ रंगशाला निर्माण कार्य अझै जारी छ। नेपाली खेलकुदको मुख्य निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी पाहुनाको सत्कार गर्ने समयमा संरचना निर्माणमै हस्याङफस्याङ गरिरहेका छन्। चिनियाँ प्राविधिकको सहयोगमा अहिले दशरथ रंगशालाको भीआईपी प्यारापिटमा धमाधम छानो हाल्ने काम भइरहेको छ।
अघिल्लो दिन धुलाम्मे र खाल्टाखुल्टी देखिने रंगशाला परिसरका सडक पेटी रातारात पिचसहित रङरोगनले चिटिक्क बन्न थालेका छन्।
रंगशालाको साधारण प्यारापिट निर्माणले भने पूर्णता पाएको छ। साधारण प्यारापिटमा छानो राख्ने, कुर्सी बिछ्याउने, सिन्थेटिक ट्र्याक, फुटबल मैदान, स्कोर बोर्ड, चेन्जिङ रुमलगायत संरचना तयार भइसकेका छन्।
कभर्ड हलमा भलिबल खेलका लागि म्याट बिछ्याउने र रङरोगन गर्ने काम भइरहेको छ। भलिबल आगामी बुधबार नै सुरु हुँदै छ। सागका लागि मुख्य चासोका रूपमा रहेको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन हिटिङ सिस्टमसहितको पौडीपोखरी हो।
पौडीपोखरीमा टायल बिछ्याउने काम भइरहेको छ। राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल सबै काम तीव्र रुपमा भइरहेकाले संरचना निर्माणकै कारण खेल नरोकिने दाबी गर्छन्।
‘१३औं सागको भव्य आयोजना गरेर देखाउनु नेपालको कर्तव्य हो। हतारमा काम गर्नु हाम्रो बाध्यता हो। खेलअघि सबै संरचना तयार भइसक्छ। हिटिङ सिस्टमको पौडीपोखरी निर्माण पनि सम्पन्न गरेर छाड्नेछौं,’ सिलवाल भन्छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस