काठमाडौं -आसन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि सरकारले घोषणा गर्ने तयारी गरेको विशेष प्याकेज मंगलबार सार्वजनीक हुन सकेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि मंगलबारको पुर्वनिर्धारित कार्यक्रममा विशेष प्याकेज घोषणा हुन नसकेको हो ।मंगलबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । लगत्तै उनको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।प्रधानमन्त्रीले आफ्नो अनुपस्थितीमा अर्थमन्त्री युवराज खतिवडालाई कार्यक्रममा पठाएका थिए । तर अर्थमन्त्री खतिवडाले सरकारले खेलाडीलाई लागि विशेष प्याकेजको घोषणा गर्न सकेनन् ।‘संघीय सरकार दुई मन्त्री यही छौं । खेलकुद मन्त्रीले प्रस्ताव पेश गर्नुहुन्छ । मन्त्री परिषद्ले निर्णय गर्छ ।’ उनले भने ।उनले सागको पुरस्कार राशीमा उल्लेख्य वृद्वि गर्न सरकार प्रतिबद्व रहेको बताए ।
अर्थमन्त्री खतिवडाले राष्ट्रिय खेल भलिबलको आफ्नै कभर्डहल बनाउने प्रतिबद्वता कार्यक्रममा जनाए ।आयोजक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपले सागको संघारमा प्रधानमन्त्रीमार्फत खेलाडीलाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरेका थिए ।
साग विजेता खेलाडीलाई दिने पुरस्कार प्रधानमन्त्रीको सम्बोधनमा समावेश गर्ने राखेप र मन्त्रालयको तयारी थियो ।तर प्रधानमन्त्री अन्तिम समयमा बिरामी परेपछि कार्यक्रम खल्लो बनेको थियो ।
यद्वपी सेन्ट्रल जोन जितेको महिला भलिबल टिमका खेलाडीलाई भने पुर्व घोषित जनही ३ लाख वितरण गरिएको थियो ।प्रधानमन्त्रीको बिशेष प्याकेज सुन्न राखेपले देशभित्र प्रशिक्षणमा रहेका सबै खेलाडीलाई प्रज्ञाप्रतिष्ठानमा जम्मा गरेको थियो ।वैदेशिक प्रशिक्षणमा रहेका ह्याण्डबल, टेबुलटेनिस र फेन्सिङ बाहेक सबै खेलका खेलाडी कार्यक्रममा आएका थिए ।
हेटौडामा रहेको कुस्ती, पोखरामा रहेको महिला फुटबल, ब्याडमिन्टन, आर्चरी, ट्रायथलन र बिच भलिबल तथा काठमाडौंमा रहेका बाँकी खेलका करिब ५ सय खेलाडी कार्यक्रममा उपस्थित रहेको राष्ट्रिय टिम तयारी समितिका संयोजक रीम रानाभाटले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस