काठमाडौं-साग अन्तर्गत पुरुष फुटबलको प्रतिस्पर्धा सोमबारदेखि सुरु हुँदैछ।
तर, आयोजक नेपालले नियम मिचेर खेल सञ्चालन गर्न खोजेको भन्दै माल्दिभ्स, बंगलादेश, श्रीलंका र भुटानका प्रशिक्षकले औँला ठड्याएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ |
आइतबार दशरथ रंगशालामा टिमको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विदेशी प्रशिक्षकहरुले टिम तयारीबारे कम र आयोजकका कमजोरीबारे धेरै बोलेका थिए |
उनीहरुले आयोजक नेपालले अन्य टोलीमाथि पक्षपात गरेको आरोपसमेत लगाए।
‘मेरा खेलाडी स्वर्ण जित्न आएका हुन्, मर्न आएका होइनन्,’ प्रि म्याच कन्फ्रेन्समा माल्दिभ्सका प्रशिक्षक पिटर सेग्रेटले भने, नेपालले जथाभावी टाइसिट परिवर्तन गरेको छ । अन्तर्राष्ट्रिय नियमअनुसार यस्तो गर्न पाइँदैन।’
श्रीलंकाका प्रशिक्षक एमएम पाकिर अलीले पनि आयोजकले पक्षपात गरेको आरोप लगाए। उनले नेपालको यस्तो कदमले फुटबलको विकास रोक्ने बताए।
यसअघि एन्फाले सार्वजनिक गेको पुरुष फुटबलको टाइसिटअनुसार प्रभारम्भिक चरणमा एमूह ‘ए’ मा आयोजक नेपाल, भुटान र बंगलादेश तथा समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र भारतबीच प्रतिस्पर्धा हुने तय थियो।
यही टाइसिट लागू भएको भए दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने थिए।
तर, भारतको टीम नआउने भएपछि नेपालले टाइसिट हेरफेर गरेको थियो।
नयाँ टाइसिटअनुसार सबै टोलीले राउन्ड रोबिन लिग अर्थात समूह चरणमा एक अर्कासँग खेल्नेछन्।
यसपछि शीर्ष दुई स्थानमा रहने टोलीले स्वर्णका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
टाइसिट परिवर्तन गरेर गरिएको विभेद नसच्याए प्रतियोगिता बहिष्कार गर्न सक्ने माल्दिभ्सका प्रशिक्षक सेग्रेटले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस