कास्की– नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । पोखराको फेवाताल किनारस्थित गौरीघाटमा सञ्चालन भएको प्रतियोगिताको महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी तथा २० किमी साइकल र पाँच किमी दौड एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।
नेपालसहित भारत र श्रीलङ्का गरी तीन देशबाट दुई जनाका दरले सहभागी छ जना प्रतिपस्र्धीलाई पछि पार्दै पोखरामा जारी साग खेलकूदमा उनले पहिलो पटक स्वर्ण पदक हात पारे ।
भारतका सरोजिनीदेवी र प्रज्ञना मुन्नाले निर्धारित दूरी क्रमशः एक घण्टा १४ मिनेट र एक घण्टा १४ मिनेट ५७ सेकेण्डमा पार गरी रजत र काश्य पदक प्राप्त गरे । भारतमा सम्पन्न १२औँ संस्करणको सागबाट ट्रायथोलन खेल समावेश गरिएको थियो । १२औँ संस्करणमा नेपाले मिक्स इभेण्टतर्फ एक रजत तथा महिला व्यक्तिगतमा एक काश्य पदक जितेको थियो ।
प्रतियोगिताको पुरुषतर्फ भारतका आदर्श एमएन सिनीमलले निर्धारित दूरी एक घण्टा दुई मिनेट ३१ सकेण्डमा पार गरी आफ्नो देशलाई स्वर्ण पदक दिलाए । भारतकै विश्वरिज्टी साइकमले एक घण्टा दुई मिनेट ५९ सेकेण्डमा दूरी पार गरी रजत पदक प्राप्त गरे ।
नेपालका वसन्त थारुले एक घण्टा तीन मिनेट छ सेकेण्डमा तोकिएको दूरी पार गरी काश्य पदक प्राप्त गरे । जारी साग खेलकूदमा ट्रायथोलन, डाइथोलन र मिक्स इभेण्टमा पाँच स्वर्ण, पाँच रजत र पाँच काश्य गरी १५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । मङ्गलबार डाइथोलन र बुधबार रिले इभेण्टमा प्रतिस्पर्धा हुँदैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस