काठमाडौ-अर्जेन्टिना राष्ट्रिय पुरुष टोलीका कप्तान तथा स्पेनिस क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन्।
फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा प्रदान गरिने उक्त अवार्ड मेस्सीले जितेका हुन्।
सन् २०१९ को बालोन डी’ओर अवार्ड जित्ने क्रममा मेस्सीले पोर्चुगल राष्ट्रिय पुरुष टोली तथा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, माली राष्ट्रिय पुरुष टोली तथा लिभरपुलका साडियो माने र नेदरल्यान्डस् राष्ट्रिय पुरुष टोलीका भर्जिल भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन्।
मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन्। मेस्सीले यस अघि सन् २००९,१०,११,१२ र २०१५ मा अवार्ड जितेका थिए। मेस्सीपछि क्रिस्टियानो रोनाल्डोले ५ पटक अवार्ड जितेका छन्।
ब्राजिल राष्ट्रिय पुरुष टोली तथा लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जितेका छन्।
महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनेईले जितेकि छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस