पोखरा– १३औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको हो ।
नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो । नेपालका लागि सरु लिम्बूले ८८ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको १५औँ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् । नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई खेलको शुरुआतदेखि नै दबाबमा राखेको थियो ।
नेपालका गोल किपर अन्जिला थम्बापो सुब्बाले खेलको १८ औँ मिनेटमा बल टच गरेकी थिइन् । श्रीलङ्काले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए । सो को अवसरमा नेपाली खेलाडीले पटक पटक डिबक्सभित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेको थिएन् । टिमका क्यापटेन निरु थापाले खेलको ३८औँ मिनेटमा हानेको प्रहारलाई श्रीलङ्काका गोलकिपर अयोमी विजेराथना ले सहजै रोकिन् ।
नेपाली टिमका जर्सी नं नौ लगाएर मैदानमा उत्रिएकी सवित्रा भण्डारी खेल अवधिभर दर्शकको नजरमा रहिन् । खेल अवधिभर नेपालले दबाब राखेको भए पनि नतिजा निकाल्न नसके पछि नेपाली महिला टिमका हेड कोच हरि खड्काले खेलको ३२ औँ मिनेटमा दीपा राईलाई मैदान बाहिर निकालेर सरुलाई मैदानभित्र प्रवेश गराएका थिए । खेल अवधिभर पूरा दबाब राखेको नेपालले दोस्रो हाफको १३ औँ मिनेटमा साम्भाले प्रहार गरेको बल क्रस बारबाट बाहिरिएको थियो ।
खेलपश्चात श्रीलङ्का महिला फुटबल टिम सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले नेपालले खेलमा हारेपनि सन्तुष्ट रहेको बताए । उनले नेपालसँगको खेलमा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिए । नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले आजको श्रीलङ्काविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस