कास्की– तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को आज पोखरामा सम्पन्न महिला क्रिकेट प्रतिस्पर्धामा बङ्गलादेशले विजयी शुरुआत गरेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको दोस्रो दिनको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई सात विकेटले पराजित गरेको हो । टस हारेपछि ब्याटिङमा आएको श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२२ रन जोडेको थियो ।
जीतका लागि १२३ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १८ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । श्रीलङ्काका तर्फबाट यू थिमासिनीले ४९ बलमा ५६ रन जोड्नुभयो । क्याप्टेन एच माधवीले ३० बलमा एक छक्का र दुई चौका प्रहार गर्दै ३३ रन बताएका छन् ।
बङ्गलादेशको बलिङमा नहिदा अख्तरले चार तथा जहनर आलमले एक विकेट लिएका थिए । बङ्गलादेशको जीतका लागि संजिदा इस्लामले अविजित ५१ तथा आयसा रहमानले २९ रनको महत्वपूर्ण योगदान दिए ।
श्रीलङ्काका यू थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान एक÷एक विकेट लिएका थिए । खेलमा बङ्गलादेशकी संजिदाले ‘प्लेयर अफ दी म्याच’ को उपाधि हासिल गरे ।
प्रतियोगिताअन्तर्गत बुधबार बिहान ९ बजे आयोजक नेपाल र बङ्गलादेश तथा दिउँसो १ बजे श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस