काठमाडौं-१३ औं दक्षिण एसियाली पुरुष फुटबलको मंगलबार भएको आप्mनो पहिलो खेलमा नेपालले भुटानलाई सजिलै ४–० ले हरायो । यस विजयी सुरुआतसगै नेपालले पाच टिम सम्मिलित प्रतियोगिताको राउन्ड रोबिनको शीर्ष स्थान पनि हात पारेको छ । नेपाल तीन अंकसहित शीर्ष स्थानमा छ ।
भुटान समान तीन अंकमा दोश्रो स्थानमा छ । मंगलबारकै अर्को खेलमा माल्दिभ्स र बंगलादेशले १–१ को बराबरी खेले । माल्दिभ्स लगातार दोश्रो बराबरीपछि दुई अंकमा तेश्रो स्थानमा छ । त्यसयता एक एक अंकमा श्रीलंका र बंगलादेश रहेका छन् । लिग चरणको समाप्तीमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा गर्नेछ ।
नेपालले दिनको पहिलो खेलमा भुटानलाई ४–० ले हरायो । त्यसमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्चेन तामाङले गोल गरे । नेपालले सुजलको गोलले छैटों मिनेटमा अग्रता लिएको थियो र यसस“गै खेलमा भुटानमाथि पूर्ण दबाब सिर्जना गर्न सफल रहेको थियो । सुजलले ५१ औं मिनेटमा दोस्रो गोल गरे ।
यस्तै अभिषेकले हेडबाट तेस्रो गोल गरे भने मिक्चेन तामाङले फ्रि किकमा सुन्दरढंगले चौथो गोल गरे । भुकम्प आएयता नेपाली खेलाडीले औपचारिक रूपमा खेलेको यो पहिलो पल्ट हो । प्रशिक्ष्ँक बालगोापल महर्जन र कप्तान सुजल दुवैले फेरि दशथर रंशगालामा फुटबल फर्केकोमा खुसी व्यक्त गरे । अब नेपालले बुधबारको खेलमा श्रीलंकाको सामना गर्नेछ ।
दिनको दोस्रो खेलमा बंगलादेशले सुरुमा अग्रता लिएको थियो र त्यो आत्मघाती गोल रह्यो । माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले ३० औं मिनेटमा त्यो दुर्भाग्यपूर्ण गोल गरे । माल्दिभ्सले ७० औं मिनेटमा बराबरी गोल फर्कायो । इब्राहिम महोदीले नजिकबाट यो गोलका लागि शक्तिशाली प्रहार गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस