काठमाडौं-नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज पुरुष फुटबलतर्फको फाइनल खेल हुँदैछ। फाइनल खेेल आयोजक देश नेपाल र भुटान बिच हुदैछ।
फाइनल खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली समय अनुसार दिउँसो ठीक ३:०० बजेबाट सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजन लगायत विभिन्न युट्युव च्यानलले लाईभ दिनेछन।
नेपालले हालसम्म साग फुटबलको स्वर्ण दुईपटक जितेको छ। यसअघि नेपालले सन् १९९३ मा पहिलोपटक सागको स्वर्ण जित्दा २०१६ मा पनि पनि स्वर्ण जितेको थियो।
प्रतियोतितामा नेपालले पहिलो खेलमा भुटानलाई ४-० हराउँदा दोस्रो खेल श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो। त्यसपछि बंगलादेशलाई १-० ले हराएको थियो। नेपाल लगातार दोस्रोपटक साग फुटबलको फाइनल खेल्न लागेको हो।
भुटानले उद्घाटन खेलमा बंगलादेशविरुद्ध १-० को जित निकालेको थियो। दोस्रो खेलमा नेपालसँग ४-० ले पराजित भएपनि तेस्रो खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तर र अन्तिम खेलमा श्रीलंकालाई ३-१ गोलले हराएर फाईनलमा स्थान बनाएको हो।
हालसम्मको साग पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन्। यस्तै बंगलादेशले २ पटक उपाधि जित्दा माल्दिभ्स, भुटान र बंगलादेश उपाधि जित्न सकेका छैनन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस