काठमाडाैं- १३औं दक्षिण एसियाली खेलकुद समापनको भव्य तयारी गरिएकाे छ।आयोजक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपले सागको समापन समारोहलाई भव्य बनाउने तयारी गरेका छन् । समापन समारोहअगाडि पुरुष फुटबल टिमको फाइनल खेल हुनेछ ।
त्यसपछि करिब साढे १ घण्टा समापन समारोह चल्नेछ । कार्यक्रमलाई सागको ओलम्पिक काउन्सिल, राखेप सदस्य सचिव, युवा तथा खेलकुदमन्त्रीले सम्बोधन गर्नेछन् । त्यसपछि १४औं साग आयोजनाको झण्डा पाकिस्तानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
नेपालका मुख्य तीन शहर काठमाडौं, पोखरा र जनकपुरमा भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता १५ मंसिरमा सुरु भएको थियो ।
प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागिता जनाएका छन् । प्रतियोगितामा आयोजक नेपालसहित भुटान, भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र श्रीलंका सहभागी थिए ।
दक्षिण एसियाली राष्ट्रलाई खेलकुदको माध्यमबाट जोड्ने उद्देश्यले सन् १९८४ मा सागको सुरुवात नेपालबाट भएको थियो । सन् १९९९ मा नेपालले दोस्रो पटक साग आयोजना गरेको थियो भने यस वर्ष नेपालले तेस्रो पटक साग आयोजना गरेको हो ।
प्रतियोगितामा कुल ३ सय २४ स्वर्णसहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा चलेको थियो । अन्तिम समयमा सहभागी टिमको संख्या नपुगेपछि प्याराग्लाइडिङलाई प्रतियोगितामा समावेश गरिएको थिएन ।
सागका केही पदकको टुंगो आज लाग्नेछ । अन्तिम दिनसम्म भारत १ सय ७२ स्वर्णसहित पदक तालिकामा शीर्ष स्थानमा रहेको छ भने आयोजक नेपाल ४९ स्वर्णसहित दोस्रो स्थानमा छ ।
नेपालले सागको इतिहासमा सबैभन्दा धेरै स्वर्ण पदक जित्न सफल भएको हो । पछिल्लो पटक घरेलु भूमिमा भएको आठौं सागमा नेपालले ३१ वटा स्वर्ण पदक जितेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस