काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल लगातार दोस्रोपटक च्याम्पियन बनेको छ ।
मंगलबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक स्वर्ण जितेको हो । नेपाल फुटबलमा सन् १९८४, १९९३, २०१६ र सन् २०१९ गरी चारपटक च्याम्पियन बनेको छ । नेपालका लागि पहिलो गोल खेलको १६ औं मिनेटमा अभिषेक रिजालले गरेका थिए ।
भुटानले खेलको ३८ औं मिनेटमा जवाफी गोल फर्काएको थियो । भुटानका लागि कप्तान चेम्चो ग्याल्चेनले गोल फर्काएका थिए । खेलको ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोलसंख्या दोब्बर बनाएका थिए । सागको यही संस्करणको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।
नेपाल १२ औं सागको स्वर्ण विजेता हो । नेपालले १२ औं सागमा भारतको भूमिमा भारतलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो । त्यसैगरी पहिलो सागमा नेपालले बंगलादेशलाई ४-२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो भने सन् १९९३ मा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
भारत यस संस्करणको फुटबलमा सहभागी छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस