काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको मुख्य प्रायोजक कतार एयरवेज हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार कतार एयरवेजसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको छ ।एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एन्फाले एक वर्षको लागि कतार एयरवेजसँग १ लाख ५० हजार अमेरिकी डलरको सम्झौता गरेको हो । सम्झौतासँगै हरेक क्लबको जर्सीमा कतार एयरवेजको लोगो राखिने छ । यस्तै कतार एयरवेजको बोर्डहरु राखिनेछ ।
एन्फाले पहिलो पटक लिगका लागि विदेशी कम्पनिसँग सहकार्य गरेको हो ।सम्झौतापछि बोल्दै अध्यक्ष शेर्पाले कतार एयरवेजले नेपाली लिगलाई उचाईमा पुर्याउने काम गरेको बताए ।
‘आज खुसी छौँ । लिग नहुने स्थिती थियो । हामी तड्पिएको थियौं,’ अध्यक्ष शेर्पाले भने, ‘यो सुरुवात हो । कतार एयरवेजले नेपाली लिगलाई उचाईमा पुर्याउने काम गरेको छ ।’
‘ए’ डिभिजन लिग फुटबल शनिबारबाट सुरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै औपचारिक रुपमा ‘ए’ डिभिजन लिगको सुरुवात हुनेछ ।
फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टोलीले उपाधि जित्ने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस