काठमाडौं – ए डिभिजन क्लब जावलाखेल युथ क्लबले मुख्य प्रायोजकको रुपमा प्रभु बैंकसंग सम्झौता गरेको छ । जावलाखेलले एक बर्षका लागि प्रभु बैंकसंग सम्झौता गरेको हो ।
सम्झौता अनुसार प्रभु बैंकले २५ लाख रुपैयाँ क्लबलाई प्रदान गर्नेछ ।सम्झौता अनुसार एक बर्षको अवधिसम्म फुटबल जर्सीको अगाडीको भागमा प्रभु बैंकको नाम रहनेछ ।सम्झौता पत्रमा जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री तथा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका थिए ।अब क्लबको नाम प्रभु जावलाखेल युथ फुटबल क्लब रहनेछ ।
सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु बैंकका सिईयो शेरचनले प्रभु भगवानको भएको बताउँदै क्लबलाई जित हासिल गर्न सहयोग पुग्ने बताए । उनले क्लबको प्रर्दशनले अर्को बर्षको प्रायोजन तय हुने जानकारी दिए ।
उनले लिगमा राम्रो नतिजा निकाल्न क्लबलाई आग्रह गर्दै निरन्तर क्लबसंग रहने उल्लेख गरे ।क्लबका अध्यक्ष क्षेत्रीले क्लबको विकासमा प्रायोजन कोशेढुंगा साबित हुने बताउँदै सहयोगका लागि बैंकलाई धन्यबाद दिए ।
उनले क्लबलाई समर्थन गर्दा प्रायोजकलाई समेत लाभ मिलोस भन्ने चाहना रहेको बताए । उनले क्लबलाई मजबुद र उत्कृष्ट बनाउने आफुहरुको लक्ष्य रहेको उल्लेख गरेका थिए ।
यस्तै क्लबले स्पोर्ट्स वेयरको रुपमा लिनिङ र अफिसियल अस्पतालको रुपमा स्टार हस्पिटलसंग सम्झौता गरेको छ । लिनिङले क्लबलाई चाहिने सबै अफिसियल खेल सामाग्री प्रदान गर्नेछ ।
त्यस्तै स्टार हस्पिटलले मेडिकल, डाक्टर, प्राथमिक उपचार र फिजियो उपलब्ध गराउनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस