पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा बुटवल ब्लास्टर्सले विजयी सुरुवात गरेको छ ।बुटवलले काठमाडौं गोल्डेन वारियर्सलाई सुपर ओभरमा पराजित गरेकाे हो ।
यस अघि, काठमाडौंले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएकाे थियो ।
बुटवलका हर्ष टोकले सर्वाधिक ४५ रन बनाए । ३ चौका र ३ छक्का प्रहार गरेका उनी अर्धशतकबाट ५ रनले चुके । शिवम सिंहले ३२ रनको अविजित इनिङस खेले ।
यस्तै, शंकर राना २०, अफ्ताबुदीन अमेद १४, भिम सार्की १३ रन, कप्तान सोमपाल कामीले ११ रनको योगदान गरे ।
काठमाडौंका सुशन भारी र सुबोध भाटीले समान २/२ विकेट लिए ।अन्तिम ओभरमा बुटवललाई ९ रन चाहिएको अवस्थामा काठमाडौंका पवनले ८ रन खर्चेर १ विकेट लिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।अन्तिम बलमा १ रन आवश्यकको रहेको बेला बिपिन खत्री स्टम्पिङ भएका थिए ।
यसअघि, पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।उसका पवन सर्राफले सर्वाधिक अविजित ३७ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।यस्तै, जयकिशन कोल्सावालाले २८, आदील खान २३ रन, सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले सम्मान १५/१५ रन जोडे ।बुटवलका नितेश थापाले २ विकेट लिए । यस्तै हरि बहादुर चौहान र अविनास बोहराले समान १/१ विकेट हात पारे ।दुई खेलमा दुई हार व्यहोरेको काठमाडौंको लागि अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेकाे छ ।
प्रतियोगिताको तेस्रो दिन भोली (मंगलबार) पोखरा पल्टन र चितवन राइनोजबीच खेल हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस