काठमाडौँ : भर्खरै काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक बिजेता खेलाडीलाई दिईने पुरस्कार राशी कम रहेको सत्तारूढ नेकपाको भातृ संगठन अखिल नेपाल खेलकुद महासंघका नेता जनक बर्तौलाले बताएका छन् ।
अनलाइनपाना संवादमा कुरा गर्दै नेता बर्तौलाले साग आयोजना गर्दा आयोजक व्यवस्थापनको कुरामा भने चुकेको कुरा स्वीकार गरे । उद्घाटन सत्रकै दिन दशरथ रंगशाला जाँदा पनि रंगशाला जाँदा पनि सफाइको काम चलिरहेको देखेको समेत उनले उल्लेख गरे ।
प्रतियोगितामा सहभागी खेलाडीको दुखेसो सुन्दा आफुलाई पनि नराम्रो लागेको उनको भनाइ छ । ठूला प्रतियोगितामा केही हदसम्म कमजोरी भएपनि केही कमजोरीहरु अक्षम्य रहेको उनको भनाइ छ ।
खेलाडीको प्रदर्शनको हिसाबले नेपालको लागि ऐतिहासिक रहेको दक्षिण एशियाली खेलकुद (साग) व्यवस्थापनका कमजोरीको कारणले पनि चर्चामा रह्यो । खेलाडीको ऐतिहासिक प्रदर्शनले मात्रै साग आयोजकको इज्जत बचेको उनको भनाई छ ।
अहिले सागमा खेलाडीले गरेको प्रदर्शन निरन्तर कायम राख्नुपर्ने चुनौती अहिले हामिलाई रहेको उल्लेख गर्दै सरकारले खेलकुदमा गरेको लगानी अझै अपर्याप्त रहेको उनको भनाइ छ । सरकारले खासगरी पुर्वाधारमा लगानी बढाउन आबश्यक रहेको उनको भनाई छ ।
सागमा सहभागी पदक बिजेता खेलाडीलाई दिने पुरस्कार राशी कम रहेको उनको भनाइ छ । समुहगत ब्याक्तीगत जुनसुकै प्रतिस्पर्धाको पदक भए पनि पदकको हैसियत समान रहेको उनको भनाइ छ ।
पदक बिजेता खेलका प्रशिक्षकलाई पुरस्कारको मामलामा भने उपेक्षा गरिएको उनको भनाई छ । त्योसँगै सागमा सहभागी सबै खेलाडीलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गर्नुपर्ने उनको माग छ ।(श्रोत अनलाइनपाना)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस