काठमाडौं – साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
बुधबार भएको पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन दुबै गोल विमल रानाले गरे ।मनाङले खेलको २८ औं मिनेटमा विमलको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । विमलले जगजित श्रेष्ठको पासमा हेड गोल गरेका थिए।
यस्तै विमलले ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-० को जित दिलाए । उनले विदेशी खेलाडी कोएरा लार्बाले मिलाएको पासलाई सदुपयोग गरे ।खेलमा विमल म्यान अफ दि म्याच चुनिए ।जितसँगै मनाङले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।जितपछि मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले सोचेको जस्तै नतिजा आएको बताए ।
‘आजको खेलमा जे सोचेका थियौं । ३ अंकको चाहेको थियौं त्यहिँ अनुसारको नतिजा हात पर्यो,’ प्रशिक्षक प्रजापतिले भने, ‘जितमा खुसी छौँ ।’
एपीएफले भने खराब सुरुवात गरेको छ ।एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीको तालमेल नमिल्दा सुरुवातमै गोल खाएको कारण पराजित भएको बताए ।
‘खेल राम्रै भयो । खेलाडीको तालमेल नमिल्दा गोल खायौं । नयाँ खेलाडीको कारण पनि गार्हो भयो,’ प्रशिक्षक तामाङले भने, ‘दोस्रो हाफमा रणनीति परिवर्तन गर्यौ । बल पोजिसनमा पकड बनायौ । हाम्रो फिनिसिङ राम्रो भएन् ।’प्रशिक्षक तामाङले मनाङ ठुलो टिम रहेको कारण खेलाडी आत्तिएको समेत बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस