काठमाडौं -स्पेनिस ला लिगा फुटबल २०१९/२० अन्तर्गतको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोना र रियल मड्रिडले ०-० गोलको बराबरी खेल्दै १/१ अंक बाडेका छन्।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेल बराबरीमा सकिएको हो। खेलमा ५२ प्रतिशत बल पोजिशन बनाएपनि घरेलु टोली बार्साले त्यसको फाईदा उठाउन सकेन्। बल पोजिशनमा कम पकड बनाएपनि रियलले बार्साको पोष्टमा भने निरन्तर आक्रमण गरेको थियो। खेलमा दुवै टिमले गोलका सुन्दर मौकाहरु गुमाएका थिए।
पहिलो हाफको १७ औ मिनेटमा रियलका क्यासेमिरोको हेड बललाई जेरार्ड पिकेले गोल लाईनबाट बचाएका थिए।
दोस्रो हाफको ६० औं मिनेटमा मेस्सीको पासमा एन्टोइन ग्रिजमन चुके। ६७ औं मिनेटमा मेस्सीको प्रहारले पोस्टको दिशा लिन सकेन। ७२ औ मिनेटमा ग्यारेथ बेलले गरेको गोलले अफसाईडको मान्यता पाएको थियो।बार्सिलोनाका गोलरक्षक मार्क आन्द्र टेर स्टेगनले केही उत्कृष्ट प्रदर्शन गरे।
यी दुई स्पेनिस महारथिको १७९ औ भेट ला लिगामा अक्टोबर २६ मा तय थियो। तर क्याटलोनियामा भएको राजनीतिक अस्थिरताको प्रर्दशनलाई लक्षित गर्दै एल क्लासिको पछि सारिएको हो।
यो बराबरीले उपाधि होडमा रहेका दुबै टोलीलाई अघिल्लै अवस्थामा कायम राखेको छ। १७ खेलबाट ३६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायम रहेको छ। समान ३६ अंक भएपनि गोलअन्तरमा पछि पर्दै रियल म्याड्रिड दोस्रो स्थानमा यथावत रहेको छ। दुवै टोली तेस्रो स्थानको सेभिल्ला भन्दा ५ अंकले अघि रहेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस