काठमाडौ– युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल फिफा क्लब विश्वकप-२०१९ को फाइनलमा प्रवेश गरेको छ।
सन् २०२२ को विश्वकप आयोजक देश कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको सेमिफाइनल खेलमा मेक्सिकन क्लब मोन्टेरीलाई २-१ ले पराजित गर्दै लिभरपुल फाइनलमा पुगेको छ।
पहिलो हाफको १२ औं मिनेटमा लिभरपुलका नाबी केइटाले गोल गर्दै खेलमा १-० को अग्रता दिलाएका थिए। तर, लिभरपुलको यो अग्रता लामो समय टिक्न सकेन। १४ औं मिनेटमा मोन्टेरीका रोगेलियो फ्युनेस मोरीले बराबरी गोल फर्काए।
दोस्रो हाफमा दुवै टोलीले केही आक्रमण बनाएपनि गोल गर्न असफल भएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो। ८५ औ मिनेटमा डिभोक ओरिगीको स्थानमा रोबर्टाे फिर्मिन्हो मैदान प्रवेश गर्दै इन्ज्युरी समयको ९१ औ मिनेटमा गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए।
यो जितसगैं युरोपियन च्याम्पियन लिभरपुलले ब्राजिलियन क्लब फ्लेमेङ्गोसँगको भेट पक्का गरेको छ। फ्लेमेङ्गोले एसियन च्याम्पियन साउदी अरबको अल हिलाललाई ३-१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो।
लिभरपुल र फ्लेमेङ्गोबीचको फाइनल खेल शनिबार हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस