काठमाडौं– इङलिश प्रिमियर क्लब लिभरपुलले जापानी विंगर ताकुमी मिनामिनोलाई अनुबन्ध गरेको छ। लिभरपुलले अस्ट्रियन क्लब रेडबुल साल्जबर्गबाट विंगर मिनामिनोलाई क्लबमा अनुबन्ध गरेको हो।
लिभरपुलले २४ वर्षीय मिनामिनोसँग साढे चार वर्षको सम्झौता गरेको छ। उनी रेड बुल साल्जवर्गबाट ७.२५ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध भएका हुन्। सम्झौतासँगै मिनामोनो सन् २०२४ सम्म लिभरपुलको जर्सी लगाएर खेल्नेछन्।मिनामिनोले क्लबसँग संझौता गरेपछि लिभरपुलको खेलाडी बन्दा आफ्नो सपना साकार भएको र क्लबलाई आफुुुले सक्दो योगदान गर्ने बताए।
नयाँ क्लबसगँ मेडिकल जाँच र व्यक्तिगत सम्झौता सकेपछि भने कि ‘लिभरपुलको खेलाडी हुने मेरो सपना थियो,’ उनले यो पनि बताए कि, ‘प्रिमियर लिग खेल्ने मेरो मुख्य लक्ष्य थियो।’
मिनामिनोले सन् २०१२ देखि जे लिगमा क्लब केरेजो ओसाकाबाट खेल्दै व्यवसायिक फुटवल करिअर सुरु गरेका थिए। सन् २०१४ मा अस्ट्रियन क्लब रेडबुलमा आबद्ध भई उनले चार सिजनमा १३६ खेल खेलि ४२ गोल गरेका छन्।
मिनामिनोले जापानको राष्ट्रिय फुटबल टिममा सन् २०१५ मा डेब्यू गरि उनले २२ खेल खेलेर ११ गोल गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस