काठमाडौं – ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबका जय तामाङ चम्किँदा फ्रेन्डस क्लब पराजित भएको छ । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबद्वारा फ्रेन्डस् क्लब २-० ले पराजित गरेको छ ।
दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले फेन्ड्सको पोस्टमा खेलको अन्तिम समयमा २ गोल गरेको हो । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) का लागि जय तामाङले ८८औं मिनेटमा र रोशन रानामगरले इन्जुरी समयमा पहिलो अर्थात् समग्र खेलको ९१औं मिनेटमा गोल गरेका थिए ।
यसअघि ए डिभिजन लिगमा आफ्नो पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब मछिन्द्रसँग २ शून्य गोलले पराजित भएको थियो । शुक्रबार भएको ए डिभिजन लिगअन्तर्गत दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र फ्रेन्डस क्लबले पहिलो हाफमा उत्कृष्ट खेल पस्किए पनि दुवै टोलीले गोल गर्न चुक्दा खेल बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको अन्तिम समयमा ब्रिगेड ब्वाइज क्लब फ्रेन्ड्समाथि हाबी हुँदै ८८औं मिनेटमा पहिलो गोल गर्यो । १ गोल खाएपछि फेन्ड्सका खेलाडीहरुको मनोबल केही खस्किएको बेला ब्रिगेडले पहिलो गोलको तेस्रो मिनेटमा अर्को गोल थप्दै जितको आधार बलियो बनाएको थियो ।
जितसँगै ब्रीगेड ब्वाइजले आफ्नो खातामा ३ अंक जोडेको छ । ए डिभिजन लिगमा आज बिहान भएको पहिलो खेलमा मछिन्द्र क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस