एजेन्सी-स्पेनिस ला लिगामा बार्सिलोनाले एलाभेसमाथि ४–१ को प्रभावशाली जित निकालेको छ । यही खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सन् २०१९ मा ५० गोल पूरा गरेका छन् ।
यो वर्षभरि घरेलु मैदानमा अपराजित रहेको बार्सिलोनाले एलाभेसलाई पराजित गर्ने क्रममा मेस्सीले ६९ औं मिनेटमा गोल गरेका हुन् । सन् २०१९ मा बार्सिलोनाले घरेलु मैदानमा २४ खेलमा जित निकालेको छ भने चार खेलमा बराबरी गरेको छ ।
सन् २०११ पछि पहिलो पटक बार्सिनोला घरेलु मैदानमा अपराजित रहेको हो । मेस्सीले ६९ औं मिनेटमा वर्षको ५० औं गोल गर्नुअघि पनि गोल गरेपनि त्यसले मान्यता पाएन ।
मेस्सीले पछिल्ला १० मध्ये ९ वर्ष क्लब र राष्ट्रिय टिमबाट गरी वर्षमा ५० गोलको आँकडा पूरा गरेका छन् । यो सिजन ला लिगामा सर्वाधिक गोलकर्ता रहेका मेस्सीले १३ गोल गरिसकेका छन् ।
बार्सिलोनाका लागि लुइस स्वारेजले २ तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे । एलाभेसका लागि पोन्सले ५६ औं मिनेटमा एक गोल फर्काएका थिए ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग तीन अंकको दूरी बनाएको छ । उसको १८ खेलबाट ३९ अंक भएको छ । रियल मड्रिडले एक खेल कम खेलेको छ । उसले आइतबार राति एथ्लेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्दैछ ।
शनिबार राति नै भएका अन्य खेलमा सेभिल्लाले मालोर्कालाई २–० र भिल्लारियलले गेटाफेलाई १–० पराजित गरेका छन् भने रियल भालाडोलिड र भ्यालेन्सियाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस