काठमाडौं-ईङलिश प्रिमियर लिग क्लब लिभरपुलले क्लब विश्वकप-२०१९ को उपाधि जितेको छ। दक्षिण अमेेरिका च्याम्पियन ब्राजिली क्लब फ्लामेन्गोलाई फाईनलमा १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले क्लब विश्वकपको उपाधि उचालेको हो।
पहिलो हाफ ०-० को बराबरीमा सकिएको थियो। दोस्रो हाफमा पाएको अबसरहरु सदुपयोग गर्न नसक्दा दुई टोलिको निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
निर्धारित समयको अन्तिम मिनेटमा लिभरपुलले पेनाल्टी पाएको थियो। तर भिआरको प्रयोग गरेर हेर्दा रेफ्रीले पेनाल्टीलाई रद्व गरेका थिए।
अतिरिक्त समयको ९९ औं मिनेटमा रोबर्टो फिर्मिन्होले फ्लेमेङगोका दुई डिफेन्डर र गोलकिपरलाई उकृष्ट ढङगले छलाएर गोल गर्दै लिभरपुललाई उपाधि दिलाएका हुन।
खेलमा ब्राजिलियन क्लबले बल पोजिशनमा पकड बनाएपनि गोल गर्ने अवसरको सदुपयोग गर्न नसक्दा उपाधि हात पार्न असफल भएको हो
लिभरपुल फिफा क्लब विश्वकपको उपाधि जित्ने दोस्रो ईङलिश क्लब बनेको छ। यसअघि सन् २००८ मा ईङलिश क्लब म्यानचेष्टर युनाईटेडले क्लब विश्वकप फुटबलको उपाधि हात पारेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस