काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाले बराबरी खेल्दै अबका बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एपीएफ र शेर्पाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा शेर्पाले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ४७ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । तर, पहिलोपटक दुई विदेशी खेलाडीसहित मैदान उत्रिएको शेर्पाले उक्त अग्रता धेरै बेर जोगाउन सकेन ।
खेलको ५८ औं मिनेटमा आशिष लामाको क्रसमा प्रविन कुमार स्याङतेनले गोल गर्दै एपीएफलाई खेलमा फर्काए ।खेलमा शेर्पाका त्रिदेभ म्यान अफ दि म्याच चुनिए ।यो बराबरीसँगै एपीएफले लिगमा पहिलो अंक जोडेको छ । एपीएफले २ खेलमा १ अंक जोडेको हो ।
पहिलो खेलमा एपीएफ मनाङ मर्स्याङ्दी क्लबसंग २-० ले पराजित भएको थियो ।शेर्पाले भने दुई खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा शेर्पा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस