काठमाडौं-इटालियन सुपर कपको उपाधि लाजियोले जितेको छ। लाजियोले फाईनलमा युभेन्टसलाई ३-१ ले पराजित गर्दै सुपर कपको उपाधि जित्न सफल भएको हो।
साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा लाजियोलाई पहिलो हाफको १६ औं मिनेटमा लुइस अलबर्टोको गोलबाट खेलमा १-० ले अघि बढेको थियो। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पाउलो डिबालाले युभेन्टसका लागि बराबरी गोल गरेका थिए।
दोस्रो हाफको ७३ औं मिनेटमा लुसिकले गोल गर्दै लाजियोलाई पुन खेलमा २-१ को अग्रता दिलाए। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा युभेन्टस १० खेलाडीमा समेटियो। रोड्रिगो बेन्टानकुर दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थिए। त्यसको एक मिनेटपछि क्याटाल्डिले गोल गर्दै लाजियोलाई ३-१ को जितसहित सिजनको पहिलो उपाधि दिलाए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस