पोखरा – बाबर हायात र रोहन मुस्तफाको अर्धशतकको सहयोगमा चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा चितवनले काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
पोखरा रंगशालमा भएको खेलमा चितवनले काठमाडौंलाई जितका लागि दिएको १६८ रनको लक्ष्य काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १०७ रन बनायो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ४० रनको योगदान गरे । ३९ बल खेलेका उनले ३ चौका र २ छक्काको सहयोगमा ४० रन बनाउँन सफल भएका हुन् ।
त्यस्तै पवन शरार्फले २७ रन बनाउँदा पृथु बास्कोटाले १८ रनको योगदान गरे ।
बलिङतर्फ चितनवका लागि सन्नी पटेलले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रोहन मुस्तफाले दुई विकेट लिँदा कप्तान पारस खड्का, रामनरेश गिरी, करण केसी र भुवन कार्कीले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनाएको हो । चितवनका लागि बाबर हायात र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । ४७ बल खेलेका बाबरले ३ चौका र ६ छक्काको सहयोगमा ७० रन बनाए । बाबरलाई १५ ओभरको दोस्रो बलमा बसन्त रेग्मीले बोल्ड आउट गराएका थिए । त्यस्तै ५२ बल खेलका मुस्तफाले ६ चौका र १ छक्काको सहयोगमा ५९ रनको योगदान गरे ।
चितवनले पहिलो विकेटकको रुपमा करण केसीलाई गुमायो । उनी दोस्रो ओभरको चौथो बलमा १ रन बनाएर क्याच आउट भएका हुन् । चितवनले १८ ओभरको दोस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । आरिफ शेख १५ रन बनाएर आउट भए । उनी अमर राउटेलाको बालमा गौरव तोमरको हातबाट क्याच आउट भएका हुन् ।
जितसँगै चितवनले फाइनलमा यात्रा तय गरेको छ । पाँच खेल खेलेको चितवनले १० अंक सहित शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । दोस्रो स्थनमा रहेको बुटवलको ६ अंक छ भने तेस्रो स्थानमा रहेको काठमाडौंको ४ अंक छ । काठमाडौंले अब प्लेअफको सम्भावनालाई जिवित राख्न विराटनगर र बुटवल बलास्टर्सको खेल कुर्नु पर्ने हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस