काठमाडौँ-शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकोे खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो। जारी लिगमा मछिन्द्रले ६ अङ्क जोडेको छ। यसअघि मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराएको थियो भने च्यासल युथ क्लबसँग १-१ को बराबरी खेलेको थियो।
मछिन्द्रको जितमा पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक/एक गोल गरे। खेलको २९औँ मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो। रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बूले पञ्च गर्दै फर्काए पनि त्यही रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गरेका थिए।
त्यस्तै खेलको ५१औँ मिनेटमा एडेलाजाले गोल गरे। कप्तान विराज महर्जनको ब्याक पासमा उनले गोल गरेका थिए। त्यसैगरी खेलको ८५ औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३-० को सहज जित दिलाए। पराजित फ्रेन्डसले भने अघिल्ला दुई खेलमा हार बेहोरेको थियो। खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस