पाेखरा-विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको ‘इलिमिनेटर’ खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गरेको हो । खेलमा बुटवलले टस जितेर पहिला ब्याटिङ्को निम्ता दिएपछि निर्धारित २० ओभर पूरै खेल्दै पाँच विकेटको पतनमा विराटनगरले १६५ रन जोडेको थियो ।
अघिल्लो दिनको हारको बदला लिँदै प्रतियोगिताको फाइनल प्रवेशका लागि १६६ रनको मध्यमस्तरको लक्ष्य पछ्याएको बुटवल पूरै ओभर खेल्दै १४४ रनमा समेटियो । समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार बुटवललाई नै चार विकेटले पराजित गरेर नेट रनरेटमा अघि हुँदै विराटनगरले प्लेअफमा स्थान बनाएको थियो ।
उसले प्लेअफमासमेत आफ्नो रोमाञ्चक खेल पस्कदै पहिलो पटक पीपीएलको उपाधि नजिक पुग्न सफल भयो । खेलमा राम्रो शुरुआत गरे पनि अन्तिम क्रममा ब्याट्सम्यानहरुले दोहोरो अङ्कको रन लिन नसक्दा बुटवलको फाइनल प्रवेशको सपना पूरा हुन पाएन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस