काठमाडौं – नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।शुक्रबार भएको खेलमा सरस्वती युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित पुलिसलाई जित दिलाउन सुमन लामा र भोला सिलवालले एक एक गोल गरे ।पहिलो हाफको इन्जुरी समयमा अन्जन राई दाहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिदा पुलिस १० खेलाडीमा सिमित भएको थियो ।पहिलो हाफमा सरस्वतीसँग गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ४६ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई १-० को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा भोलाले गोल गर्दै पुलिसलाई २-० को जित दिलाए ।
त्यसअघि पहिलो हाफमा राजकुमार घिसिङले डिबक्सको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक क्रस बारमा लाग्दा सरस्वतीले अग्रता बनाउने मौका गुमाएको थियो ।
खेलमा पुलिसका सुमन लामा म्यान अफ दि म्याच चुनिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस