काठमाडौं – घरेलु फुटबलको महारथीका रुपमा चिनिन्छन्, मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार ।
नेपाल फुटबलका पण्डितहरु मनाङ र थ्री स्टारलाई स्पेनीस ‘एल क्लासिक’को नेपाली भर्सनको संज्ञा दिन्छन् ।अर्थात घरेलु फुटबलका दुई चीरप्रतिद्वन्दी क्लब हुन् । जब दुई टिम मैदानमा उत्रिन्छन्, खेल रोमाञ्चक हुने गर्छ ।जब घरेलु लिग सुरु हुन्छ, उपाधिमा दुवै टिमको स्वत दाबेदारि देखिन्छ ।
सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदा समेत सोही कुरा देखिएको छ ।शनिबार थ्रीस्टार र एपीएफबीचको खेलसंगै तेस्रो चरणका खेल समाप्त भएका छन् ।अंक तालिकामा मनाङ र थ्री स्टारनै अगाडी देखिएका छन् ।अझ मनाङ अघि–अघि, थ्री स्टार पछि–पछि देखिएको छ ।
तीन खेलको समाप्तीमा शत–प्रतिशत जित निकालेको मनाङको ९ अंक छ ।दुई खेलमा जित तथा एक खेलमा बराबर गरेको थ्री स्टारको ७ अंक छ ।थ्रीस्टार पहिलो खेलमै अर्काे ललितपुरे क्लब जावलाखेलसँग गोलरहित बराबरी खेलेको थियो ।यसपटक लिगमा प्रमुख दाबेदारको रुपमा मछिन्द्रलाई लिईएको छ ।
कारण, उसले घरेलु फुटबलका अधिकांश स्टार खेलाडी क्लबमा जम्मा गरेको छ ।एक हिसावले मछिन्द्रलाई समकालिन नेपाली फुटबलको ‘ड्रिम टिम’नै मान्दा हुन्छ ।तर उसले सोचे अनुसार प्रर्दशन गर्न सकेको छैन । लिगको दोस्रो खेलमै मछिन्द्र बराबरीमा रोकियो ।
विगतका बर्षमा मनाङबाट खेल्दै आएका मिडफिल्डर सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ, विशाल राई, कप्तान विराज महर्जन, हेमन गुरुङ सहित एएफसी कप छनोट खेलेका अभिषेक रिजाल र देबेन्द्र तामाङलाई मछिन्द्रले अनुबन्धन गरेको छ ।थ्री स्टारबाट खेल्दै आएका डिफेन्डर रन्जित धिमाल र रेजिन सुब्बा समेत मछिन्द्रमा छन् ।मछिन्द्रले गत सिजन लिगको अन्तिम स्थानमा रहँदै ऋण अंक बोक्यो ।
मनाङले लिग जितेको सिजन मछिन्द्र १३ औं स्थानमा रह्यो । ए डिभिजन लिगमा उसले एक ऋण अंक बोकेर लिगको सुरुवात गर्यो । लिगमा तीन चरणको खेलको समाप्तिमा मिश्रित प्रर्दशन र नतिजा उसले आत्मसाथ गरेको छ ।पहिलो खेलमा ब्रिगेड ब्बाईजलाई २–० गोल अन्तरले पराजित गरेको मछिन्द्रले दोस्रो खेलमा च्यासल युथसँग १–१ को बराबरीमा रोकिन पुगेको थियो ।
लिगको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । मछिन्द्रले दुई जित र एक बराबरी सहित ७ अंक जोडेको छ ।मछिन्द्र र आर्मीको अंक बराबर छ । तर गोल अन्तरका आधारमा मछिन्द्र तेस्रो रहँदा आर्मी चौथो स्थानमा छ ।फ्रेन्ड्स र हिमालयन शेर्पा क्लबलाई पराजित गरेको आर्मीले मनाङसँग भने हार ब्यहोर्याे ।
लिगमा अपराजित यात्रा कायम गरेको जावलाखेल ५ अंक सहित तालिकको पाचौं स्थानमा छ । लिगकै उच्च फर्ममा रहेको उसले हार ब्यहोर्नु परेको छैन । लिगमा तीन खेल सकिँदा जावलाखेलले सरस्वतीलाई पराजित गर्याे भने थ्री स्टार र संकटासँग बराबरी खेल्दै अंक बाँड्यो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस