काठमाडाैं- सन् २०१९ नेपाली क्रिकेटको लागि सम्झन लायक वर्ष रहयो । नेपालले यस वर्ष मैदानमा मात्र नभएर मैदान बाहिर समेत राम्रो सफलता हात पार्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यसै वर्ष नेपालमाथि लगाएको निलम्बन सशर्त फुकुवा गर्यो । आईसीसीले साढे ३ वर्षबाट लगाएको निलम्बन गत असोजमा फुकुवा गरेको थियो ।
यस्तै लामो समयबाट नेतृत्वविहिन रहेको नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ नेतृत्व पायो । आईसीसीले बनाएको स्वतन्त्र कमिटिले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यस लगत्तै आईसीसीले नेपालको निलम्बन फुकुवा गरेको थियो ।
मैदान भित्र पनि नेपाली क्रिकेटलाई ठुलो सफलता मिल्यो । यस वर्ष नेपालले अन्य वर्षको तुलनामा सर्वाधिक खेल खेल्यो ।पुरुष क्रिकेटमा नेपालले ३० अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमा १९ टी-ट्वान्टी अन्तराष्ट्रिय, ३ एकदिवसीय अन्तराष्ट्रिय, १ पहिलो श्रेणीको क्रिकेट र अन्य ७ अन्तराष्ट्रिय क्रिकेट खेलेको छ ।नेपालले खेलेको ३० खेलमा १६ जित र १४ हार व्यहोर्यो ।
वर्षको सुरुवात नेपालले युएईमा घरेलु टिमसँग सिरिज खेल्दै सुखद सुरुवात गरेको थियो । सन् २०१९ मा नेपालले पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय र एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्दै इतिहास समेत रच्न सफल रहयो । युएईलाई उसैको भूमिमा नेपालले २-१ ले पाजित गर्दै एतिहासिक सिरिज हात पारेको थियो ।
यस्तै सिरिजमा नेपालले केहि कीर्तिमान समेत बनायो । तत्कालिन कप्तान पारस खड्काले एकदिवसीयमा शतक प्रहार गर्ने पहिलो नेपाली बने । यस्तै सिरिजमा नै नेपालका रोहित कुमार पौडेलले अर्धशतक पुरा गर्दा एकदिवसीयमा सबै भन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने सचिन तेन्दुलकर र साहिद अफ्रिदीको कीर्तिमान भंग गरे । टी-ट्वान्टी अन्तराष्ट्रियमा समेत सन्दीप जोराले समेत अर्धशतक पुरा गर्दा टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक पुरा गर्ने विश्वका युवा खेलाडी बने ।
यस्तै जुलाईमा नेपालले मलेसियाविरुद्धको सिरिजमा क्लिन स्विप गर्न सफल भयो । लगत्तै सिंगापुरमा टी-ट्वान्टी विश्वकप एसिया फाइनलमा कतार र सिंगापुरसँग पराजित हुँदा नेपालले दोस्रो पटक विश्वकप खेल्ने सपनामा पूर्णविराम लगायो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस