काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मीले थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे ।
अनन्त तामाङको कप्तानीमा मैदान उत्रिएको थ्री स्टारविरुद्ध आक्रामक खेल खेलेपनि पहिलो हाफमा आर्मीले गोल गर्न सकेन् । नियमित कप्तान बिक्रम लामा अघिल्ला दुई खेलमा पहेलो कार्ड पाएको कारण टिम बाहिर रहेका छन् ।
खेलको तेस्रो मिनेटमा नवयुग श्रेष्ठले मिलाएको पासमा कप्तान भरत खवासको कडा प्रहार थ्री स्टारका विदेशी गोलकिपर प्रिसोले बचाए ।
खेलको १८ औं मिनेटमा नवयुगको प्रहार थ्री स्टारका खेलाडीले गोल लाइनबाट बचाउदा आर्मी अग्रता बनाउन चुक्यो । थ्री स्टारका किपरलाई बिट गरेर नवयुगले प्रहार गरेको बल करण राउतले गोल लाइन नजिकैबाट क्लियर गरे ।
१९ औं मिनेटमा कप्तान भरत खवास वान भर्सेस वानमा गोल गर्न चुके । उनको प्रहार प्रिसोले बचाए ।यस्तै २१ औं मिनेटमा थ्री स्टारका विदेशी खेलाडी हम्जादको प्रहार आर्मीका जर्ज प्रिन्स कार्कीले क्लियर गरे । २४ औं मिनेटमा सुशील राईको कर्नरमा अनन्तको हेड पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
तर, दोस्रो हाफमा आर्मीले दुई गोल गर्यो । जसमा प्रतिबन्धमा परेका मिडफिल्डर सन्तोषको प्रदर्शन उच्च रह्यो ।खेलको ५४ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाए । उनले एक्रोब्याटीक सटमा गोल गरेका थिए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा सन्तोषले फ्रिकिकमा गोल गर्दै आर्मीलाई २-० को जित दिलाए । एन्फाको ४५ दिनको प्रतिबन्ध फुकुवा भएसँगै मैदान फर्किएका सन्तोषले पहिलो खेलमै गोल गरे ।
यस्तै खेलको ९० औं मिनेटमा थ्री स्टारले पेनाल्टीमा एक गोल फर्काउने मौका गुमाएको थियो । थ्री स्टारका रुपेश केसीको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाए ।जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । र, लिगमा तेस्रो जित निकालेको आर्मी तेस्रो स्थानमा समेत उक्लिएको छ ।
थ्री स्टारले ४ खेलमा ७ अंक जोडेको छ ।लिगमा पहिलो हार व्यहोरेको थ्री स्टार लिगको छैटौं स्थानमा रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस