काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति देखि वर्ष २०२० का खेलहरू सुरु भएका छन्। लिग अन्तर्गत राउन्ड २१ मा भएका खेलका नतिजा यसप्रकारका छन।
चेल्सी १-१ ब्राइटन
ब्राइटनको घरेलु मैदानमा चेल्सीले सुरुआती अग्रता बनाए पनि जोगाउन नसक्दा अंक बाँडेको छ। खेलको १०औं मिनेटमा डिफेन्डर सेजारले चेल्सीका लागि गोल गरेका थिए। तर, खेलको ८४ औं मिनेटमा ब्राइटनका लागि अलिरेजाले शानदार गोल गरेर खेल १-१ बराबरीमा ल्याए।
लेस्टर सिटी ३-० न्युक्यासल
लेष्टर सिटिलाई सहज जित दिलाउन आयोजे परेजले ३६ औ, जेम्स म्याडिसन ३९ औ र हाम्जा चौधुरीले ८७ औ मिनेटमा गोल गरे।
साउथह्याम्पटन १-० टोटनह्याम
खेलको १७ औं मिनेटमा गोल खाएर पछि परेको टोटनह्याम खेलमा फर्किन नसक्दा हार व्यहोर्न बाध्य भएको छ। १७ औं मिनेटमा साउथह्याम्पनटका लागि ड्यानी इङ्ग्सले गोल गरेका थिए। अन्ततः टोलीले सोही गोलको अग्रता जोगाएर खेल जितेको छ।
एस्टन भिल्ला २-१ बर्नली
खेलमा एस्टन भिल्लालाई जित दिलाउन वेस्ली र ज्याकले गोल गरे। बर्नलीका क्रिस उडले एक गोल फर्काए।
म्यान्चेस्टर सिटी २-१ एभर्टन
सिटीको जितमा ग्याब्रियल जिससले ५१ औ र ५८ औ मिनेटमा गोल गरे। एभर्टनका रिचार्डलिसनले ७१ औ मिनेटमा सान्त्वना गोल फर्काए।
आर्सनल २-० म्यानचेस्टर युनाइटेड
आर्सनलको जितमा निकोलास पेपेले ८ औ मिनेटमा र सोक्रेटिस पापस्ताथोपोलेसले ४२ औ मिनेटमा गोल गरे।
नर्विच सिटी १-१ क्रिस्टल प्यालेस
खेलको चौथो मिनेटमा कानटवेलले नर्विच सिटीका लागि गोल गरेका थिए। तर, खेलको ८५ औं मिनेटमा क्रिस्टल प्यालेसका लागि विकह्यामले गोल गरेर खेल १-१ बराबरीमा ल्याए।
वेस्ट ह्याम युनाइटेड ४-० बोर्नेमाउथ
वेस्ट ह्याम युनाइटेडलाई सहज जित दिलाउन नोबलले २ गोल गरे। हालेर र एन्डरसनले एक एक गोल गरे।
वाटफोर्ड २-१ उल्भ्स
वाटफोर्डलाई जित दिलाउन डेउलेफेउले ३० र ४९ औ मिनेटमा गोल गरे। उल्भ्सका लागि पेड्रो नेटोले ६० मिनेटमा सान्त्वना गोल फर्काए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस