काठमाडौँ-नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा स्वर्णपदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरिएको छ।
सागअन्तर्गत बक्सिङ खेलमा नेपालले तीन स्वर्णपदक जितेको थियो। जसमा भूपेन्द्र थापामगर, सुनिल शाही र मिनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएका थिए। उनीहरुलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले सम्मान गरेका हुन्। सम्मानस्वरुप उनीहरुले जनही रु २५ हजार प्राप्त गरे।
बेलायतमा बस्दै आएका पूर्वबक्सिङ खेलाडी कुश बस्नेतले सागमा स्वर्ण विजेतालाई सम्मान गर्न उक्त रकम नेपाल बक्सिङ सङ्घलाई पठाएका थिए। कार्यक्रममा बक्सिङका रजत र कास्य पदक विजेतालाई सम्मान गरिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस