काठमाडौं -विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफले लिगमा पहिलो जित निकालेको हो ।एपीएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गरे । सरस्वतीका विनोद केसीले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एपीएफले अग्रता बनाएको थियो ।खेलको ६३ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए ।
त्यसको एक मिनेट नबित्दै सरस्वतीका विनोदले एक गोल फर्काएपनि एपीएफ २-१ ले विजयी भयो । एपीएफविरुद्धको गोल सरस्वतीको लिगमा पहिलो गोल समेत हो ।खेलमा एपीएफका गोलकिपर अमृत चौधरी म्यान अफ दि म्याच चुनिए ।जितसँगै एपीएफले ४ खेलमा ४ अंक जोडेको छ । एपीएफ लिगको १० औं स्थानमा रहेको छ ।
सरस्वतीको यो लगातार चौंथो हार हो । सरस्वती अंक विहीन रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस