काठमाडौं-सहिद रिदामाहाङ रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
विभागिय टोली नेपाल एपिएफ क्लबलाई टाइब्रेकरमा ३-१ ले हराउँदै आर्मीले उपाधि जितेको हो।
धनकुटाको तल्लो टुडिखेलमा भएको फाइनलको निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। वर्षाका कारण निर्धारित समयको खेल सकिएपछि सोझै पेनाल्टी गराइएको थियो। पेनाल्टी सुटआऊटमा आर्मीले जित हात पारेको हो।
पेनाल्टीमा आर्मीका लागि रश्मी घिसिङ, निशा बोहोरा र पुजा राना मगरले गोल गरेका थिए। पराजित टोली एपिएफका लागि मञ्जु दोङ मात्र गोल गर्न सफल भईन। पेनाल्टीमा एपिएफकी सावित्रा भण्डारी, अनिता बस्नेत र गिता राना गोल गर्न असफल भएका थिए।
किरात आठपहरिया समाज नेपाल धनकुटामा आयोजित प्रतियोगिताको विजेता रु.२ लाख र उपविजेताले रु.१ लाख रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा तीन विभागिय टोली (एपिएफ,आर्मी र नेपाल पुलिस क्लब) सहित मोरङ ११, एभरेष्ट फुटबल क्लब, बासहा राइजिङ युथ क्लब सुनसरी, रौतहट महिला फुटबल टोली र आयोजक टोली गरि ८ टोलीको सहभागिता रहेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस