काठमाडौं-स्पेनिस ला लिगा फुटबलको राउन्ड १९ को पछिल्ला खेलमा रियल म्याड्रिड, भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड विजयी भएका छन्। बार्सिलोना भने पुछारको टोली स्पोनियोलसंग बराबरीमा रोकिएको छ।
रियल म्याड्रिड विरुद्ध गेटाफे
गेटाफेलाई ३-० ले हराउदै रियल म्याड्रिडले शीर्ष स्थानको बार्सासंग अंक बराबरी गरेको छ। राफाल भारानेले ३४ औ र ५३ औ मिनेटमा २ तथा लुका मोड्रिकले ९६ औ मिनेटमा १ गोल गर्दै रियललाई ३-० को सहज जित दिलाए। पहिलो हाफमा १-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा थप २ गोल गरेको थिए। १९ खेलबाट ४० अंक जोडेको रियल मड्रिड समान अंक भएपनि गोलअन्तरमा शीर्ष स्थानको बार्सिलोना भन्दा पछि परेको हो।
बार्सिलोना विरुद्ध स्पानियोल
क्याटालन डर्बीमा बार्सिलोनाले तालिकाको पुछारमा रहेको स्पानियोलसंग २-२ को बराबरीमा रोकिएको छ। २३ औ मिनेटमा डेभिड लोपेजको गोलबाट स्पानियोलले अग्रता बनाएपनि ५० औ मिनेटमा लुईस स्वरेजले बार्सालाई १-१ को बराबरीमा पुर्याएका थिए। ५९ औ मिनेटमा अर्तुरो भिडालले गोल गर्दै बार्सालाई २-१ को अवस्थामा पुर्याएपनि स्पानियोलले ८८ औ मिनेटमा खेल बराबरीमा गरेको थियो। ७५ औ मिनेटमा फ्रेङकी डी जोङ दोहोरो पहेॅलो कार्ड खादै मैदानबाट बाहिरिएपछि बार्सा १० खेलाडीमा सिमित भएको थियो।
एट्लेटिको म्याड्रिड विरुद्ध लेभान्ते
एट्लेटिको म्याड्रिडले लेभान्तेलाई २-१ ले हराएको छ। एट्लेटिको म्याड्रिडका लागि पहिलो हाफमा एन्जल कोरेआले १३ औ मिनेटमा र १८ औ मिनेटमा गोल गरे। लेभान्तेका लागि माट्रीले १६ औ मिनेटमा गोल गरे। एट्लेटिको म्याड्रिड ३५ अंकमा तालिकाको तेस्रो स्थानमा पुगेको छ।
भ्यालेन्सिया विरुद्ध आईबर
भ्यालेन्सियाले आईबरमाथी १-० को संर्घषपुर्ण जित हात पारेको छ। भ्यालेन्सियाकाब लागि खेलको २७ औ मिनेटमा म्याक्सि गोमेजले निर्णायक गोल गरेका थिए। भ्यालेन्सियाले १९ खेलबाट ३१ अंक भएको छ। भ्यालेन्सिया छैठौ स्थानमा पुगेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस