काठमाडौ-स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै रियाल स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गर्न सफल भएको हो।
साउदी अरेबियाको जेद्दाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीको खेल मैदानमा भएको खेलमा रियालको जितमा , इस्को र लुका मोड्रिचले गोल गरे । भ्यालेन्सियाका ड्यानियल परेजो एक गोल फर्काए।
खेलको शुरुवातदेखि नै भ्यालेन्सियालाई दवावमा राखेको रियालले १५ औं मिनेटमा टोनी क्रुसको गोलबाट १-० अग्रता बनाएको थियो। ३९ औं मिनेटमा इस्कोले गाेल गर्दै रियललाई पहिलो हाफमा २-० को अग्रता दिलाए।
दोस्रो हाफको ६५ औं मिनेटमा लुका मोड्रिकले रियलका लागि गोल गर्दा अग्रता ३-० बनाए। भ्यालेन्सियाका लागि थप गरिएको इन्ज्युरी समयको दोस्रो मिनेटमा ड्यानियल पेरेजोले पेनाल्टीमा गोल गर्दै खेललाई ३-१ को अवस्थामा ल्याए। तर, त्यसपछि थप गाेल हुन नसक्दा रियाल ३-१ ले विजयी भएको हो।
दोस्रो सेमिफाइनलमा आज राति बार्सिलोना र एट्लेटिको मड्रिडबीच खेल हुनेछ। यो खेलमा विजयी हुने टोलीले १२ जनवरी आईतबारको दिन रियल म्याड्रिडसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता नयाँ नियम अनुसार सञ्चालन गरिएको छ।
स्पेनिस ला लिगाको दुई टिम र कोपा डेल रे का फाईनल खेलेका टिमले स्पेनिस सुपर कपमा प्रतिस्पर्धा गर्न पाउँछन् ।
गत सिजन रियल तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो। तर बार्सिलोना लिग विजेता र कोपा डेल रे को उपविजेता भएका कारण रियलले सुपरकपमा मौका पाएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस