काठमाडौं-शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा पुगेको छ ।
दशरथ रंगशालामा भएको खेलमा सरस्वती युथ क्लबलाई १–० ले हराउँदै आर्मी लिगको शीर्ष स्थानमा पुगेको हो । सरस्वतीसँगको खेलमा जित हात पारेसँगै आर्मीले ५ खेलमा १२ अंक जोडेको छ ।
आर्मीका लागि खेलको ३० औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले १ गोल गरेका हुन् । यो नै निर्णायक गोल बन्न पुग्यो ।
बिहीबारै नै भएको पहिलो खेलमा संकटा क्लबले दोस्रो जित निकालेको छ । विभागीय टिम एपीएफ क्लबलाई ४–२ गोलले पराजित गर्दै संकटाले दोस्रो जित निकालेको हो ।
संकटालाई जिताउन अजयी मार्टिनले दुई गोल, लक्ष्मण रुचाल र कर्ण लिम्बूले एक\एक गोल गरे ।
एपीएफका नबिन लामा र आशिष लामाले एक एक गोल फर्काए । जितसँगै संकटा ५ खेलमा ७ अंक जोड्दै लिगको सातौँ स्थानमा पुगेका छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस